घटनाको वास्तविकता नबुझी महासंघले जारी गरेको विज्ञप्ति फिर्ता लिन माग, संलग्न पत्रकारमाथि छानबिन होस






वीरगंज - नेपाल पत्रकार महासंघ पर्सा शाखाले रिपोर्टिङका क्रममा पत्रकारमाथि कुटपिट भएको भन्दै जारी गरेको प्रेस विज्ञप्तिप्रति महासंघकै कार्यसमितिभित्र विरोध सुरु भएको छ। घटनाबारे पूर्ण जानकारी नलिई एकपक्षीय ढंगले विज्ञप्ति जारी गरिएको भन्दै कार्यसमितिका अधिकांश सदस्यहरूले असन्तुष्टि जनाएका छन्।


महासंघले जारी गरेको विज्ञप्तिमा समाचार संकलन गरी घर फर्किने क्रममा तीन जना पत्रकारमाथि आक्रमण भएको उल्लेख गरिएको छ। तर कार्यसमितिका असन्तुष्ट सदस्यहरूले उक्त घटनाको वास्तविकता फरक रहेको दाबी गरेका छन्। श्रोतको  अनुसार ती पत्रकारहरू राति करिब १ बजे तस्करीसँग सम्बन्धित गतिविधिको भिडियो बनाउन पुगेका थिए र सो क्रममा किराना सामान बोकेको मोटरसाइकल रोकेर विवाद भएको थियो।


तस्करी गर्ने व्यक्तिलाई रोकेर प्रहरी बोलाईदिन्छु भनेर बार्गेनिंग गर्ने क्रममा ती तस्करले बोकेको वाकीटोकी मार्फत आफ्ना साथीहरुलाइ खवर गरेर बोलायकाथिए पांच हजार र पचार हजारको कुरा नमिलेपछि तस्करहरुले आक्रमण गरेको  श्रोत जानकारी दिए ।  घटनालाई केवल पत्रकारमाथिको आक्रमणका रूपमा चित्रण गरेर समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने प्रयास गरिएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।


साथै, पत्रकारिताको आडमा कुनै प्रकारको अनुचित गतिविधि वा बार्गेनिङ भएको भए त्यसमा संलग्न व्यक्तिमाथि समेत अनुसन्धान गरी आवश्यक सचेतना तथा कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।


महासंघको समाजिक सञ्जालमा रहेको आधिकारिक कार्यसमिति समूहमा समेत विज्ञप्तिको विषयलाई लिएर बहस सुरु भएको बताइएको छ। असन्तुष्ट सदस्यहरूले विज्ञप्ति तत्काल फिर्ता लिएर तथ्यमा आधारित आधिकारिक धारणा सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन्।

घटनाको वास्तविक सत्य तथ्य नबुझि विज्ञप्ति निकालेर महासंघको गरिमा माथी आंच आउने काम गरेको समेत आरोप लगाएका छन ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?