मिति २०८३ साल जेठ १६ गते बिहान ०१:१० बजे, जिल्ला पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टी स्थित सीमा क्षेत्रमा बिओपी अमरपट्टीबाट खटिएको पैदल गस्ती टोलीलाई देख्नासाथ भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरिएका ८० कार्टुनमा प्याक गरिएका ८,००० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला छाडेर संलग्न व्यक्तिहरू फरार भएका थिए।
ब
रामद गरिएका चल्लाको अनुमानित मूल्य रु. ८ लाख रहेको छ। नियन्त्रणमा लिइएका चल्लाहरूलाई प्रचलित कानुन तथा पशु स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार मिति २०८३ साल जेठ १६ गते बिहान ११:१५ बजे पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, सम्बन्धित ह्याचरीका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साका सुचना अधििकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला जानकारी दिए ।




















