सीमानाकाबाट हुने अवैध घुसपैठ सम्बन्धी जिल्ला प्रशासन कार्यालय, पर्साको अपील

वीरगंज, १० वैशाख । सीमानाकाबाट हुने अवैध घुसपैठ सम्बन्धी जिल्ला प्रशसन कार्यालय, पर्साले सार्वजनिक अपिल गरेको छ ।
 
नेपालको सीमावर्ती क्षेत्रबाट धार्मिक, सामाजिक, आर्थिक लगायतका विभिन्न उद्देश्य बोकी विदेशी नागरिकहरूको अवैध घुसपैठ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, राष्ट्रिय सुरक्षा र अमन चयनलाई थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिको निर्णयानुसार बिहीवारदेखि सीमानाकाबाट प्रवेश गर्ने विदेशी यात्रीहरूको विशेष निगरानी गरिने भएको जनाएको छ।
 
सीमा नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रीहरूको यात्रा कागजात (पासपोर्ट/भिसा) रूजु गर्ने, सम्पर्क नम्बरसहितको पूर्ण विवरण सङ्कलन गरी व्यवस्थित अभिलेख खडा गर्ने कार्य अध्यागमन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको संयुक्त टोलीले सीमानाका (चेकपोष्ट) मा गर्ने व्यवस्था मिलाएको छ ।
 
देशको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी यस विशेष अभियानमा सहयोग पुर्याउनुहुन सम्पूर्ण सर्वसाधारण, सीमावर्ती क्षेत्रका बासिन्दा, व्यवसायी तथा सरोकारवालाहरूमा अपिल समेत जिल्ला प्रशासन कार्यालय,पर्साले गरेको छ ।
विदेशी यात्रीको पहिचानः आफ्नो गाउँ–टोल वा व्यवसाय (होटेल–लज) मा कुनै विदेशी नागरिक शंकास्पद रूपमा बसोबास गरेको वा फेला परेमा तत्काल नजिकैको सुरक्षा निकाय (प्रहरी वा सशस्त्र प्रहरी) लाई खबर गर्न प्रशासनले आग्रह गरेको छ ।
 
कागजात रूजुः सीमानाकामा खटिएका सुरक्षाकर्मीहरूलाई विदेशी यात्रीको विवरण सङ्कलन कार्यमा आवश्यक सहयोग गर्न भनिएको छ ।
 
सूचना आदानप्रदानः अवैध रूपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखिएमा निर्धक्क भई प्रशासनलाई जानकारी गराउन तथा यो निर्णय सीमा सुरक्षा र सुशासनका लागि लिइएको हुनाले यस अभियानमा रचनात्मक समन्वय र सहकार्यका लागि हार्दिक अपिल गरिएको छ ।
 
अवैध गतिविधि रोक्न र सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालयको यो अभियानमा सहयोगको अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी  विनोद कुमार पोखरेलले अपीलमा उल्लख गर्नुभएको छ । 
Uploaded Image
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?