बारा निर्वाचन क्षेत्र न ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि १००औं को संख्यामा नेकपा एमालेमा प्रवेश ।




पर्सा ०६ फागुण / विभिन्न क्षेत्रहरुबाट राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्ने लहर बढी रहेको विभिन्न संचारमाध्यम बाट आइरहेको छ । सोही क्रममा आज बुधबार बारा निर्वाचन क्षेत्र न ४ को विश्रामपुर गाउँ पालिका वडा न ५ इटियाहीमा सुरेश पालको नेतृत्वमा १०० जना राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेकाछन । पाल ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति असंतुष्टी प्रकट गदै नेकपा एमालेमा प्रवेश गरेका बताए । पार्टी प्रवेश कार्यक्रममा बारा निर्वाचन क्षेत्र न ४ का प्रतिनिधि सभा सदस्यका उमेदवार किशान श्रेष्ठले टीका र गम्छा लगाएर स्वागत गरि पार्टी प्रवेश गराएकाथिए । पाल हालै राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचन परिचालन कार्यालय इटियाहिका संयोजकका जिम्मेवारी पाएकाथिए । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पुर्व खेलकुद मन्त्री एकबाल मियाँ  केन्द्रिय सदस्य तथा युवा सचिव मोबिन मिया ,बारा क्षेत्र न  ४ ( क ) को बिधायक देव नारायण चौधरी , मधेस प्रदेश सदस्य धर्मदेव यादब , सुन्दर विक्रम , मनोज , पार्टीक गाउँ पालिका अध्यक्ष मनिर देवान , पार्टीका गाउँ पालिका प्रत्यासी मदन यादव लगायत स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेकोथियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?