पर्सा १९ मंसिर / सशस्त्र प्रहरी बल बाराका युनिटहरुले
विभिन्न सिमा नाकाको इलाकहरु बाट अवैध तरिकाले भन्सार छलि ल्याइएका ५ लाख १६ हजार ५५०/ बराबरको अवैध समानहरु बरामद गरेकाछन
मिति २०८२।०८।१८ गते ०६:४० बजेको समयमा पचरौता न.पा. ०१ पिपरपाती स्थित बिओपी बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यमानन्द चमारको कमाण्डमा खटिगएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजि मुल्य रु. ४७,५००।– बराबरको सुख्खा सुर्ती र मो.सा.को अन्दाजि मुल्य रु. १,००,०००।- गरी जम्मा अन्दाजि मुल्य रु.१,४७,५००।–बराबरको मो.सा. र सुख्खा सुर्ती बरामद गरेको ।
२०८२।०८।१८ गते अं.११:२० बजे सिम्रौनगढ न.पा.-०९ पिठुवा घाट स्थित सीमा ईलाकामा वि.ओ.पि.गोलागंजबाट खटिएको स.प्र.ना.नि. तिलक बहादुर गुर्माछानको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अ.मुल्य रु. ६९,०५०/- बराबरको चप्पल र मो.सा.को मुल्य रु १,००,०००/- गरी जम्मा मुल्य १,६९,०५०/- बराबरको चप्पल र मो.सा. बरामद गरेको ।
मिति २०८२।०८।१८ गते १०:०५ बजे कलैया उ.म.न.पा. १० निलकण्ठवा सीमा ईलाकामा एफ.ओ.बि. निलकण्ठवाबाट स.प्र.स.नि. गोबिन्द चौधरीको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु.१,००,०००।- बराबरको मो.सा. पार्टस र चप्पल सोही स्थानमा छाडी ब्यक्तिहरु फरार भएको हुँदा उक्त सामान बरामद गरेको ।
मिति २०८२।०८।१८ गते १०:४० बजे कलैया उ.म.न.पा. १० मटिअर्वा सीमा ईलाकामा गुल्म मटिअर्वा बाट स.प्र.ना.नि. राम सरण सिलवालको कमाण्डमा खटिएको मोबाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ३/४ जना ब्यक्तिहरुले टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु. २५,०००।- बराबरको किराना सामान, अन्दाजी मुल्य रु. ४५,०००।- बराबरको १ कार्टुन कपाल काट्ने मेसिन र अ. मुल्य रू. ३०,०००/- बराबरको राजनिवास गरी जम्मा मुल्य रु. १,००,०००।- बराबरको सामानहरु बरामद गरेको ।
बरामद सबै सामान आज विरगञ्ज भन्सार कार्यालय दाखिला गर्ने सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक पिविन देसारले जानकारी दिएँ ।
