सशस्त्र प्रहरी बल, नेपालको २५ औँ वार्षिक उत्सव तथा रजत महोत्सवको सन्दर्भमा आयोजित प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको सम्मेलन २०८२

















पर्सा १६ पुस / सशस्त्र प्रहरी बल, नेपालको २५ औँ वार्षिक उत्सव तथा रजत महोत्सवको सन्दर्भमा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको सम्मेलन २०८२, नेपाल पूर्व सशस्त्र प्रहरी संघको १८ औँ साधारण सभा लगायत सिमासंग सम्बन्धित बिभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न गकियो। जस अन्तर्गत 


स.प्र.बल, नेपालका संगठन प्रमुख श्रीमान् राजु अर्यालज्यूद्वारा मिति २०८२/०९/१३ गते जिल्ला पर्सा वीरगंज म.न.पा. 16, स.प्र.बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजको जिम्मेवारी सीमा इलाका स्थित मितेरी पुलमा वीरगंज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य एवं स.प्र.बल, नेपाल नं.13 गण हे.क्वा. पर्साको आयोजनामा सीमा सौन्दर्यकरण गरिएको स्थानहरुको निरीक्षण भ्रमण गर्नुका साथै विरगंज महानगरपालिकाका नगर प्रमुख  र समकक्षी सुरक्षा निकाय SSB का १८ औ बटालियनका बटालियन कमाण्डरसंग छलफल पश्चात सोही दिन स.प्र.बल, नेपाल नं. 12 गण हे.क्वा. बाराको निरीक्षण भ्रमण तथा बारा जिल्लाको विदमान सुरक्षा परिस्थिति र जिल्ला स्थित मातहत ईकाईहरुको कामकारवाही सम्बन्धी जानकारी लिनु भएको थियो।



त्यसैगरि, मिति २०८२।०९।१४ गते सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सशस्त्र प्रहरी बल, नेपालको २५ औँ वार्षिक उत्सव तथा रजत महोत्सवको सन्दर्भमा आयोजित प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको सम्मेलन २०८२ सशस्त्र प्रहरी बल नेपालका संगठन प्रमुख संघका संरक्षक सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालज्यूको आथित्यतामा भव्य कार्यक्रमका विच समुदघाटन तथा सम्पन्न भएको थियो ।सोहि अवसरमा नेपाल पूर्व सशस्त्र प्रहरी संघको १८ औँ साधारण सभा कार्यक्रम समेतसम्पन्न भएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्यालज्यू, सशस्त्र प्रहरी बल परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालज्यू, पूर्व सशस्त्र प्रहरी महानिरिक्षकहरु सनत कुमार बस्नेत र सिंह बहादुर श्रेष्ठ , नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अबकासप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायणबाबु थापा लगायत पदाधिकारीज्यूहरू, बहालवाला तथा अवकाश प्राप्त उच्चपदस्थ अधिकृतहरू, अमर सशस्त्र प्रहरीका परिवारजन तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको जानकारि सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकालले दिनु भयो ।


सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीद्वारा आयोजित कार्यक्रममा नं. २ बाहिनीका बाहिनीपति डिआईजी कृष्ण ढकाल पूर्व सशस्त्र प्रहरी महानिरिक्षक सनत बस्नेत लगायत बिशिष्ठ ब्यक्तिहरूद्वारा शुभकामना मन्तव्य राख्दै पूर्ब राष्ट्रसेबक कर्मचारीहरुको ज्ञान सिप तथा अनुभबको प्रयोग देशलाई आबश्यकपर्दा गरिनु पर्ने तथा  पूर्ब राष्ट्रसेबक कर्मचारीहरु समेत राज्यबाट पेनसनप्राप्त र एक जिम्मेबार नागरिकको हैसियतले देशलाई परिआएको खण्डमा योगदान दिन तयार हुनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष सुवोध कुमार अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा नं. १ का बाहिनीपति लगायत  मधेश प्रदेश स्थित गणका गणपतिहरुको समेत सहभागीता रहेको थियो । 


पहिलो पटक सम्पन्न भएको पूर्व सशस्त्र प्रहरी कर्मचारी सम्मेलन कार्यक्रममा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूको टोलीद्वारा सलामी तथा मार्चपास, अमर/शहीद सशस्त्र प्रहरी कर्मचारीको सम्मानमा मौनधारण र माल्यार्पण, उत्कृष्ट उद्यमशील पूर्व सशस्त्र प्रहरी कर्मचारी, संघका जेष्ठ सदस्य तथा सहयोगदाताहरूलाई सम्मान गर्नुका साथै वीरगति प्राप्त अमर सशस्त्र प्रहरीका परिवारजनलाई नगदसहित सम्मान प्रदान गरियो।यसै अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई २०० थान ट्रयाकसुट, २५० थान पी–क्याप र ६५ जोर स्पोर्ट्स जुत्ता वितरण गर्नुका साथै सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयद्धारा आयोजना गरिएको रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रमको अवलोकन तथा फिल्ड अस्पतालको स्थलगत निरिक्षण समेत गरेको थियो जसमाबहालवाला कर्मचारी तथा सर्वसाधारणले रक्तदान गर्नुका साथै ठुलो संख्यामा स्वाथ्य चेकजाँच गराई लाभान्वित भएका थिए । सोही अवसरमा बाहिनी परिसरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।कार्यक्रम समापन पश्चात संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षकज्यूबाट मातहत कार्यालय प्रमुखहरूलाई भधेश प्रदेशको समसामयिक सुरक्षा अवस्था र सशस्त्र प्रहरी बल नेपालले वर्तमान परिस्थितिमा खेल्नु पर्ने भुमिका र सुरक्षात्मक कामकारवाही सम्बन्धी निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो। 

 

यसै अवसरमा सशस्त्र प्रहरी बल परिवार महिला संघको तर्फबाट सशस्त्र प्रहरी बल परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालज्यूद्वारा मानवसेवा आश्रम धनुषा, पदम भुवननेश्वरी वृद्धा आश्रम जुटपानी लालबन्दी सर्लाही तथा जेष्ठ नागरिक सेवा आश्रम हरिवन सर्लाहीका मानवसेवा आश्रम संचालकहरुलाई ५०/५० जोरका दरले १५० जोर ट्रयाकसुट वितरणगरिएको थियो।

 

मिति २०८२।०९।१५ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्यालज्यू लगायत नं २ बाहिनीका बाहिनीपति सहितको टोलीले जिल्ला सप्तरी छिन्नमस्ता गाउँपालिका–३ स्थित श्री छिन्नमस्ता भगवती मन्दिर दर्शन पश्चात सशस्त्र प्रहरी बल, नेपाल नं.६ गण हे.क्वा. सप्तरीको निरीक्षण भ्रमण हालको सुरक्षा अवस्था र गण लगायत अन्य ईकाईहरुको कामकारवाही सम्बन्धमा जानकारी लिई कार्यरत सम्पूर्ण सकल दर्जालाई समयसापेक्ष निर्देशन दिनु भएको थियो ।

 

तत्पश्चात सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्यालज्यूले सुनसरी जिल्लाको कोशी पुल नजिकै रहेको नेपाल भारत तिनकुने सीमा नाकाको स्थलगत निरिक्षण गर्नुका साथै भारतीय SSB सेक्टर हे क्वा प्रमुख DIG राजेश टिकुसंग नेपाल भारत सीमामा रहेका समस्या लगायत फरार कैदी बन्दीहरुलाई पक्राउ गर्न आवश्यक सहयोगका लागी अनुरोध गरी कोशी प्रदेश तर्फ प्रस्थान हुनु भएको थियो ।

नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ, सप्तरीको पाँचौ स्थापना दिवस तथा अभिभावक समारोह 

मिति २०८२/०९/१६ गते सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नतमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालज्यूको प्रमुख आतिथ्यतामा नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ, सप्तरीमा विविध साँस्कृतिक कार्यक्रम र विभिन्न क्रियाकलापहरु संचालन गरी भव्यताका साथ मनाईएको छ । उक्त कार्यक्रममा स्थानिय तहका प्रमुखज्यूहरु, दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशक स.प्र.ब.उ.ज्यू, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतज्यू, जिल्ला सुरक्षा समिति सप्तरीका सदस्यहरु, जग्गादाताज्यू, नं.६ र ७ गणका गणपतिज्यूहरु, पत्रकारज्यूहरु, स्थानिय भद्रभलाद्मीहज्यूहरु, स्थानिय क्याम्पस प्रमुखज्यू, विभिन्न विद्यालयका प्र.अ.हरु, अभिभावकहरु, शिक्षक शिक्षिकाहरु, सशस्त्र प्रहरी कर्मचारीहरु र विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?