सशस्त्र प्रहरी बल बाराको ठुलो सफलता १० लाख ८० हजार हुण्डीको रकम सहित ब्याक्ती नियन्त्रणमा ।




पर्सा ०३ मंसिर / सशस्त्र प्रहरी बल बाराले १० लाख ८० हजार हुण्डीको रकम सहित एक ब्याक्तीलाई नियन्त्रणमा लिएकोछ । सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक ( sp ) खुम बहादुर केसीको सिमानाका बाट हुने अबैध कारोबार नियन्त्रण अभियान अन्तर्गत पाएको विशेष सुचनाको अधारमा बिओपि बरैनिया बाराबाट सशस्त्र प्रहरी निरिक्षक संदिप केसीको टोलि परिचालन गरि  अन्दाजी १३:५० बजेको समयमा  बिश्रामपुर गा.पा-०४ बलिरामपुर स्थित नेपाल भारत सीमा क्षेत्रबाट   नेपाल तर्फ आउदै गरेको नेपाली नम्बर प्लेटको मो.सा.लाई शंका लागि चेकजंच गर्ने क्रममा एक जना व्यक्तिले मो.सा.को डिक्कि भित्र लुकाई राखेको श्रोत नखुलेको नेपाली रुपैया .१०,८०,०००/-  (दश लाख असी हजार)  बरामद भएकोहो । बरामद गरिएका नगद रकम र  मो.साको मुल्य रु १,५०,०००/- गरी मुल्य रु १२,३०,०००/ मुल्यांकन गरि - व्यक्ति सहित  आवश्यक कार्वाहीको लागि  भन्सार कार्यालय बिरगंज  वुझाईएको सशस्त्र प्रहरी बल न १२गण हे क्वा बाराका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक पिबिन देसारले जानकारी दिएँ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?