सशस्त्र प्रहरी बल,नेपाल पर्साद्वारा रु.८,००,०००।-बराबरको मो.सा.सहित प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट









पर्सा १८ असोज / विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टको निर्देशनमा सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा पर्सा, प्रसीसु गुल्म भिखमपुर,अलौ र बिओपि मिर्जापुरबाट खटिएको   संयुक्त टोलीले जिल्ला पर्सा धोविनि गा.पा. -२ आस्वारी स्थित  अबैध रुपमा भारतबाट लुकाई छुपाई ना ८ प ६६२४ नं. को मोसामा लोडगरी नेपालमा मा ल्याई भण्डारण गरि राखेको मुल्य रु ८,००,०००।- बराबरको १०००० गोटा (१०० कर्टुन) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई नेपाल प्रहरी, स्थानिय पत्रकार, क्वारेन्टाईनका प्रतिनिधि, स्थानिय जनप्रतिनिधिको रोहवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको पेरिमिटर भित्र खाडल खनि नष्ट गरिएको छ। साथै उक्त कार्यमा प्रयोग गरिएको मो.सा. भन्सार बुझाउने प्रकृयामा रहेको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्की जानकारी दिएँ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?