गए रातिदेखि भैरहेको अविरल वर्षाका कारण बारा जिल्ला भएर बग्ने अौरहि, पसाहा र वकैया खोलाहरूमा बढिरहेको पानीको वहाव एवं तटिए क्षेत्रमा हुनसक्ने डुवानको जोखिमवाट सुरक्षित रहन सचेत गराउँदै सशस्त्र प्रहरीका जिल्लास्थित सबै यूनिटहरूवाट विपद जोखिम नियन्त्रण र व्यवस्थापन गस्ति निकालिएको छ । यि गस्ति टोलिहरूले आ-आफ्नो जिम्मेवारि क्षेत्रका स्थानीय सर्वसाधारणहरूलाई माइकिङ गर्दै सचेत रहन अनुरोध गर्नुका साथै जिल्ला भित्र कुनैपनि स्थानमा हुनसक्ने विपद् जोखिमलाई नियन्त्रण गरी सम्भावित जनधनको क्षेति हुन नदिन व्यापक रूपमा परिचालन भएको छ । यसै सन्दर्भमा यदि कुनै पनि स्थानमा विपद् सम्वन्धि घट्ना घट्नसक्ने सूचना प्राप्त भएको खण्डमा तत्काल सशस्त्र प्रहरीका टोल फ्रि नं. १११४ वा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा.का सूचना अधिकारी स.प्र.नि. ईन्द्र थापाको मोवाईल नं. ९८४२०२९४०२ वा गणको नं. ९८५१२७२११० मा सम्पर्क गरी सूचना दिनहुन समेत अनुरोध गरेको छ ।


