सशस्त्र प्रहरी बल पर्साले ४ लाख ३६ हजार बराबर मोसा सहित अवैध समान बरामद गरे ।





पर्सा २० असोज / सशस्त्र प्रहरी बल पर्साले ४ लाख ३६ हजार बराबर मोसा सहित अवैध समान बरामद गरेकाछन । भारतबाट अवैध तरिकाले भन्सार छलि अलौ नाकाबाट गाडिका  पार्ट्स , किराना  सामाग्री मोसाको माध्यमले आउन्दै विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलिले अलौनाकाबाट मोसा सहित उक्त अवैध समानहरु बरामद गरेकाछन । बरामद गरिएका मोसा सहितको समानहरका ४ लाख ३६ हजार ६ सय ७० मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण सिंह पुजाराले जानकारी दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?