बिरगंजको दशै मेलामा ग्याङ फाइट एकको मृत्यु , १० भन्दा बढी घाइते , सुरक्षा ब्यवास्था फितोलो

 १५ असोज, वीरगञ्ज । वीरगञ्जमा गएराति दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवकको ज्यान गएको छ। घटनामा करिब २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।


प्रहरीका अनुसार, दशैँ मेला भइरहेको बेला राति करिब १२ देखि १ बजेको बीचमा माईस्थान र घडिअर्वा पोखरी क्षेत्रका युवाबीच गितामन्दिर रोडमा चक्कु हानाहान भएको थियो। उक्त झडपमा गम्भीर घाइते भएका गोल्डेनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थललाई सील गरेर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।आर्को तिर पर्सा जिल्ला को  सुरक्षा ब्यवास्था माथि  गम्भीर  प्रशासन  खडा भइरहेको  स्थानीय हरु बताए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?