कुटपिट गरी हत्या गरेको अभियोगमा दुईजना पक्राउ

वीरगंज, २३ भदौ । कर्तव्य ज्यान कसूरमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले दुर्ई जना पक्राउ गरेको जनाएको छ ।
 
वीरगंज महानगरपालिका वडा नं. १६ बसपार्कबाट जिल्ला पर्सा छिपहरमाई गाउँँपालिका वडा नं.५ भिष्वा बस्ने वर्ष ३० को महमद मुराद मियाँँलाई जिल्ला काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं.५ सल्ले भुम्लु बस्ने वर्ष २१ को मनिक पराजुली र जिल्ला बारा जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १५ बस्ने वर्ष २० को अनिश राईले मिलेर कुटपिट गरी घाइते बनाएका थिए ।
 
एकापसमा वाद–विवाद भएपछि महमद मुराद मियाँँलाई कुटपिट गरी घाइते बनाएको सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले कुटपिट गर्ने मनिक पराजुली र अनिश राईलाई पक्राउ गरेको थियो ।
घाइते महमद मुराद मियाँको नारायणी अस्पताल वीरगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको चिकित्सकले जनाएको छ । प्रहरीले पराजुली र राईलाई ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?