पर्सा १४ असोज / सशस्त्र प्रहरी बल पर्साले लागू औषध कारोबारी बिरुद्ध विशेष अभिया संचालन गरि जिल्लाको सिमा इलाकाहरुबाट लागू औषधहरु धमाधाम बरामदी गरेकाछन । सोही क्रममा १३ गते सोमबारको दिन
सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले प्राप्त सुचनाको अधारमा विशेष योजना तैयार गरि लागू औषध चरेस सहित एक भारतिय ब्याक्ती पक्राउ गर्न सफल भएकाछन ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट स.प्र.स.नि. नितेश कुमार साह कानुको कमाण्डमा खटिएको मोबाईल टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडक खण्डमा चेक जाँच गर्ने क्रममा BR 22 J 3550 नम्बरको होण्डा साइन मोटरसाइकल मा फल्स बटम बनाई लुकाइछिपाइ भारततर्फ लैजाँदै गरिएको ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको जनाएको छ। चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखिएको अवस्थामा फेला परेको हो। घटनामा संलग्न भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई समेत पक्राउ गरि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भैरहेको छ ।
साथै निजको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईलसमेत बरामद गरिएको छ।सुचाना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक सुरज कार्की ले jजानकारी दिएँ ।
