पर्सा ०६ असोज / सशस्त्र प्रहरी बल नेपाल न १३ हे क्वा पर्साका कमान्ड सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक
पुरन चन्द भट्टले मातहतका युनिट र सिमा इलाकाहरुमा कडा निगरानी गरेकाछन ।सिमा इलाकाहरुबाट हुने अवैध चोरी निकासी , तस्करी जस्ता कार्य माथि कडा निगरानी गर्दै आइरहेका सिमा इलाकाका स्थानीयहरुले
बताए ।पोखरिया नपा वडा न ७ जगतपुर स्तिथ मननपुर गाउमा लागू औषध चरेस लुकाइ राखेको विशेष सुचनाको अधारमा बिओपी प्रसौनि भाठ्ठाबाट सशस्त्र प्रहरी निरिक्षक चेतन बाह्र्कोटीको कमाण्ड खटिएको टोलिले बाख्रा राख्ने फुसको छाप्रोलाई घेरा हालि सर्च गर्दा १९,१२६ कि ग्रा लागू औषध चरेस दुई वटा कालो झोला काटुन भित्र रहेको अवस्थामा बरामद भएकोथियो । ब्याक्ती कोहि पोेला नपरेकोले थप मदतको लागि सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सम्भु कटुवालको टोलिलाइ जिम्मा लगाइ इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउन प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिए ।
