बिरगंज २५ अषाढ / कमिसनको मोह मायाले सिमा नाघेको छ । काम अधुरा हुन्दा हुन्दै भुक्तानी पुरै गरेको स्थानीयहरुले बताए । पर्यटन बिकाश कार्यालय बिरगंज को बिवाह भवन योजना विश्रामपुर गाउँपालिका बारामा
४९ लाखको थियो । त्यो भवनको काम अधुरो छ । छत ढलानको सेन्ट्रीङ पनि खोलिएको छैन , तइ पनि ठेकेदारलाइ पूरा भुक्तानी गरेको स्थानीय को गुनासो थियो ।
त्यस विषयमा पर्यटन विकाश कार्यालय बिरगंज को कार्यालयमा जान्दा कार्यालय प्रमुख बबिता जैसवाल १२ बजेको समयमा अनुउपस्थित रहेको भेटियो । प्रमुख संगैको कोठामा बहिरबाट ताल्चा लगाएर लेखापाल र इन्जिनियरहरु चोरीलुकि भुक्तानी को काम गरिरहेको दृश्य देखेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई फोन हाने , उहालाइ जानकारी गराए यसरी सरकारी कार्यालयमा बाहिर बाट ताल्चा लगाएर भित्र कमिसन खेल भइरहेछ ।
उहाले भन्नू भो सरकारी कार्यालयमा बहिरबाट ताल्चा लगाएर काम गर्न गलतहो । म तुरुन्तै एक्सन लिन्छु । अनि तुरुन्तै१२:१७ मिनेटमा कार्यालय प्रमुख जैसवाल कार्यालयमा आइपुगिन । प्रमुख जैसवाल संग सोध्दा यसरी सरकारी कार्यालयमा
बहिरबाट ताल्चा लगार काम गर्न मिल्छ , बाराको विश्रामपुर गाउपालिका वडा न ५ इटियाहिमा अधुरो निर्माण गरिएको बिवाह भवन कसरी पुरै भुक्तानी गर्नु भयो । प्रमुख जैसवाल गैरजिम्मेवारीपूरवक जवाफ दिए । सुरुमा काहा ताल्चा लगाएकाछ भनिन , हो मैले नै ताल्चा लगाएर काम गर्ने भनेकिहु स्विकारीन , भुक्तानी को विषयमा सोध्दा उनले भनिन , तपाइहरु जे लेख्नु हुन्छ लेख्नु , अख्तियार जानुहुन्छ जानू गैरजिम्मेवारी जवाफ दिए । कुनै पनि योजनाहरु सम्पन्न हुन्छ त्यसलाई प्राविधिक टोलिहरुले नापजोख गरि ल्याब चेकजाच गरि अनिमात्र फर्चौट गरि मात्र भुक्तानी हुन्छ , तर बाराको विश्रामपुरमा निर्माण गरिएको बिवाह भवनलाइ कुनैपनि ल्याब टेस्ट नगरि चेकजाच नगरि सिधै भुक्तानी गर्नु ठुलो कमिसनको खेल रहेको स्थानीयहरुको अनुमान रहेछ ।
हुन त अषारे बजेटको खेलमा कुनै पालिकहरु पनि पछाडी परेका छैन्न । पालिकाहरुको आफ्नै कार्यालय हुन्दा हुन्दै बहिर कोठा भाडामा लिएर कार्यालय को कामहरु गरिहरेका भेटिएकाछन ।आखिर किन , सजिलै अनुमान गर्न सकिन्छ । सबै कमिसनको मोह मायाको कारण । जनताको पैसा यस्ता भ्रष्टाचारीको गोजिना नजाओस यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरीछ ।
अषाढे काम र कमिसनको भुक्तानीले सिमा नाघ्यो । अधुरै कामको पूरा भुक्तानी गरे , पर्यटन बिकाश कार्यालय बिरगंजले
byभरत सर्राफ
•
•
2 min read
0


