सशस्त्र प्रहरीद्वारा साढे ९ लाख मूल्यको सामान भन्सार दाखिला

वीरगंज, २७ असार ।
सशस्त्र प्रहरी बल पर्साले ९ लाख ४७ हजार मूल्य बराबरको सामान भन्सार दाखिला गरेको जनाएको छ ।
आज सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले  वीरगंज–१० आदर्शनगरमा रहेको बिकेसी ईम्पेक्समा भारतबाट अवैध रूपमा भन्सार छली ल्याई भण्डारण गरी राखेको रू. ६ लाख ५९,७०० मूल्य बराबरको तयारी कपडा बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
साथै सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. सिर्सियाबाट खटिएको टोलीले वीरगंज म.न.पा. १० आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याउँदै गरेको रू. २ लाख ७९,१०५।– बराबरको कपडा र किराना सामानहरू बरामद गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?