सशस्त्र प्रहरी बल पर्साद्वारा रु.१९,४२,३००।-बराबरको पिकअप सहित कपडा भन्सार दाखिला

भरत सरार्फ
पर्सा १५ श्रावण / सशस्त्र प्रहरी बल पर्साले बिन्दवासिनि गा.पा.-३ झौवा स्थित सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सप्रनाउ कृष्ण सिंह पुजाराको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई प्रदेश.2-03-001 च 3046 नं. को बोलेरो पिकअपमा लोड गरी ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी को टोलि देखि उक्त गाडिमा रहेको कपडा छाडी सवारी चालक भागिगएको हुदाँ उक्त कार्यमा प्रयोग गरिएको पिकअप सहित कपडा नियन्त्रणमा लिई १९,४२,३००/ मुल्यांकन गरि आवश्यक कारवाहिको लागी बिरगंज भन्सार कार्यालय पर्सामा दाखिला गरेको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?