सशस्त्र प्रहरी बल पर्साद्वारा रु.१०,१८,०००।- बराबरको MULTIVITAMIN TABLET भन्सार दाखिला

पर्सा ०३ अषाढ / सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज म.न.पा.-१ छप्कैयाबाट भारतबाट अवैध रुपमा भन्सार छलि २ वटा मो.सा.मा लोड गरी बीरगंजतर्फ ल्याउँदै गरेको रु.१०,१८,०००।– मुल्य बराबरको RIVITROL-CM multivitamin Tablet-१०१८ डिब्बा औषधि नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । साथै उक्त अबैध पैठारी कार्यमा प्रयोग भएका दुईवटा मो.सा. समेत आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?