१० लाख मूल्यको मल्टिभिटामिन भन्सार दाखिला

वीरगंज, ३ असार । 
सशस्त्र प्रहरी बल पर्साले १० लाख १८ हजार मूल्य बराबरको भन्सार छलीको मल्टिभिटामिन टयाबलेट नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज म.न.पा.–१ छपकैयामा भारतबाट अवैध रूपमा भन्सार छलि दुई वटा मोटरसाइकलमा लोड गरी वीरगंज ल्याउँदै गरेको १० लाख १८ हजार मुल्य बराबरको रिभिट्रोल–सिएम मल्टिभिटामिन टयाबलेट १०१८ डिब्बा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?