एक किलो अफिमसहित चारजना पक्राउ

वीरगंज, ४ असार । जिल्ला प्रहरी कार्यालय पर्साले एक किलो लागु औषध अफिमसहित चारजनालाई पक्राउ गरेको जनाएको छ ।
बुधवार दिउँसो १ः३० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१० रजतजयन्ती चोकमा वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ना.४६ प २५४० र  ना.४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार चारजनालाई लागूऔषध अफिमसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्ला पटेर्वासुगौली गाउँपालिका वडा नं.५ बस्ने वर्ष ३५ को रामेश्वर राउत, सोही ठाउँ वडा नं. १ बस्ने वर्ष ४० को बिनोद गिरी, वडा नं.५ बस्ने वर्ष ३३ को प्रदिप चौधरी र वर्ष २८ को सुनिल कुमार श्रीवास्तव रहेको प्रहरीले जनाएको छ ।
गिरीले  मोटरसाइकलको बीच भागमा हातले समाइ राखेको बोरा खानतलासी गर्दा  अफिम जस्तो देखिने पदार्थ १ के.जी. बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका चारैजना विरूद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद   थप गरी अनुसन्धान भइरहेको जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?