सशस्त्र प्रहरीबल बारा र नेपाली सेनाको , संयुक्त टोलिले मनसुनजन्य कृत्रिम घट्ना बारे अभ्यास कला प्रस्तुति ।

पर्सा ०३ अषाढ / सशस्त्र प्रहरी बल बारा र नेपाली सेनाको संयुक्त मनसुनजन्य कृत्रिम घटना बारे अभ्यास कला प्रस्तुति सम्पन्न भएकोछ । ०९:१० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका न.पा-९ झरोखर स्थित रहेको पोखरीमा जिल्ला विपद व्यवस्थापन समिति कलैयाको आयोजनामा सिम्रौनगढ न.पा.का मेयर किशोरी लाल कलवारको प्रमुख आतिथ्यामा कृत्रिम घट्ना अभ्यास (Simulation) सम्पन्न भएको छ । उक्त अभ्यासमा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, नेपाली सेनाको रिपुमर्दन गण ब्रहम्पुरीबाट प्रमुख से.ना.नि.अशोक कुमार क्षेत्रीको कमाण्डमा ३५ जना ,स.प्र.बल,नेपाल नं.१२ गण हे.क्वा.बाराका गणपति स.प्र.उ. खुम बहादुर के.सी.को कमाण्डमा ३५ जनाको टोली,जिल्ला प्रहरी कार्यालय कलैया बाराबाट प्र.ना.उ.बिजय राज पंडितको कमाण्डमा ०५ जना टोलीको उपस्थिति रहेको । सशस्त्र प्रहरी , र नेपाली सेनाको संयुक्त टोलिले विशेषगरी डुवान र बाढिको जोखिममा पर्नसक्ने जो कोहिलाई पनि सकुशल उद्वार गर्न अति आवश्यक पर्ने र्याफ्ट वोट, ओ.वि.एम. को प्रयोग, अफ्ठेरो खोंचहरूमा फसेकालाई रोप रेस्क्यु माध्ययमवाट उद्वार गर्ने कलाहरू प्रस्तुत गरिएको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?