सशस्त्र प्रहरी नायव महानिरिक्षक ( डिआइजी ) ढकालको एक्सन टोलि एक्सनमा , २३ लाख बराबर को अवैध समान बरामद ।

भरत सरार्फ
पर्सा ०२ अषाढ / सशस्त्र प्रहरी नायव महानिरिक्षक ( डिआइजी ) कृष्ण ढकाल न २ छिन्नामस्ता बाहिनि मुख्यालय बर्दीवास महोत्तरीको जिम्मेवारी सम्हालेदेखि सिमानाकाहरुबाट हुने अवैध चोरि निकास बिरुद्ध कडा कदम चालेकाछन । मातहतका युनिटहरुलाइ सिमानाकाहरुबाट हुने अवैध चोरी निकासी पुर्णरुपमा नियन्त्रण गर्ने कडा निर्देशन को कारण मातहतका पुरै युनिटहरु एक्सनमा उत्रिएकाछन । एक्सन टोलिले आइतबार २२लाख ७९ हजार ९५० बराबरको अवैध तरिकाले भन्सार छलि ल्याइ गोदम भडारण गरिराखेको समानहरु बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र बहादुर सुब्बाको कमाण्डमा र बिरगंज भन्सार कार्यालयको टोलिले बिरगंज रेशमकोठी वडा न ६ रोड न २स्तिथ रमेश अग्रवालको घरमा गोदम संचालन गर्दै आइरहेका ब्रीज किशोरको गोदाममा रितपुर्वक छापा मर्दा भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याइ राखेको विभिन्न किसिमका तैयारी कपडा २२ लाख ७९ हजार ९५० बराबरको टि सर्ट , जिन्स पाइन्ट , भेस्ट , बरामद गरेकाछन । बरामद गरिएका समानहरु आवस्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालय दाखिला गर्ने प्रक्रिया रहेको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?