खुंखार कुखुरा चल्ला तस्कर देवान सशस्त्र प्रहरी को नियन्त्रणमा , कार्वाही को लागि भन्सार चलान ।

पर्सा ०२ अषाढ / खुंखार चल्ला तस्कर नवि देवान लाई सशस्त्र प्रहरी को टोलिले चल्ला समेत नियन्त्रणमा लिएकाछन । आइतबार सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले धोबिनि गा-पा-१ घोडदौड स्थित भारतबाट अबैध रुपमा पैठारी गरी १ वटा भारतिय नं. प्लेटको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको २४ काटुन (२४०० गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नष्ट गरिएको र उक्त चल्ला पैठारी कार्यमा संमलग्न जिल्ला पर्सा जगनाथपुर गा.पा.-२ जानकीटोल बस्ने अ.वर्ष ४५ को नवि देवान सहित मो.सा.आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?