पर्सा ०१ अषाढ / सशस्त्र प्रहरी बल बाराले लागू औषध बरामद गरेकाछन । सुरक्षा वेश जितपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश चन्द्र भट्टको कमाण्डमा खटिएको टोलिले अं.१४:३५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा- ०७ लल्कापुल स्थित विरगंजबाट हेटौडा तर्फ जादै गरेको यात्रु वाहक बसलाई चेकजाँच गर्दा वेवारिसे अवस्थामा रहेको झोलालाइ चेकजांच गर्दा लागु औषध PHENERGAN INJECTION (2 ml) - ५०० पिस
BUPRENORPHINE INJECTIN (2 ml) - ५०० पिस DIAZEPAM INJECTION (2 ml) - ५०० पिस,फेला परेकोले उक्त लागू औषधलाइ बरामद गरी आवश्यक कारवाहीको लागि सुरक्षा वेश जितपुरमा ल्याई राखेको सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।
Tags:
फिचर
