सशस्त्र प्रहरी नायव महानिरिक्षक ( डिआइजी ) ढकाल को कडा निर्देशन , तस्करी , चोरी पैठारी नियन्त्रण गर्ने , मातहतका युनिटहरु एक्सनमा ।

भरत सरार्फ
पर्सा ३० जेठ / सशस्त्र प्रहरी नायव महानिरिक्षक ( डिआइजी ) कृष्ण ढकाल सशस्त्र प्रहरी बल नेपाल न २ छिन्नामस्ता बहिनी मुख्यालय बर्दिवास महोत्तरीको जिम्मेवारी सम्हाले देखि अवैध कारोबारीहरुमा हडकम्प मचेकाछन । डिआइजी ढकालको कडा निर्देशनले मातहतका युनिटहरु अवैध कारोबारी विरुद्ध एक्सनमा उत्रिएकाछन । डिआइजी ढकाल बैशाख २२ गते हाजिर भएकाहुन । ढकालको अवैध कारोबार नियन्त्रण अभियान अन्तर्गत मातहतका जिल्लाहरुले करोडौंको अवैध समानहरु बरामद गरि सम्बन्धित निकायहरुमा दाखिला गरेकाछन । पर्सा जिल्लाले भन्सार छलिएका अवैध सर-समानहरु रु २ करोड २० लाख ४४ हजार बराबरको बरामद गरेकाछन । साथै श्रोत नखुलेका हुण्डीको रकम २४ लाख बरामद गरेकाछन , काठ ४ लाख बराबरको लागू औषध Onrex 100 ml ८१,४९० ट्याबलेट बरामदी भएकाछन।अवैध कारोबारी मा संगलन भएका ८ जना ब्याक्तीहरुलाइ नियन्त्रणमा लिइ सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साले जानकारी दिए । बारा जिल्लाले ३ करोड ५० लाख बराबरको अवैध समान , लत्ताकपडा , जुत्ता चप्पल , हुण्डीको रकम ,लागू औषध , गाजा , अफिम सो अवैध कार्यमा प्रयोग गरिएका , ट्रक , पिकअप , मोसा हरु लगायत बरामद गरि सम्बन्धित निकायमा दाखिला गरेका साथै सिमाक्षेत्रको दशगजा अतिक्रमण गरि बनाएका घर टहराहरु हटाइएको सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराले जानकारी दिएँ । रौतहटले ४७लाख ४५ हजार बराबरको भन्सार छलिएका अवैध समानहरु बरामद गरि भन्सार दाखिला गरेका सशस्त्र प्रहरी बल न ११ गण हे क्वा रौतहटले जानकारी दिएँ । अरु जिल्लाहरुको विवरण आउन बाकि नै छ । साथै आजै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा.-१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि त्रिभुवन राजपथ सडक खण्डको वीरगञ्जतर्फ जाने बाटोमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AT0475 नम्बरको मोटरसाईकलमा सवार जिल्ला पर्सा, वीरगञ्ज म.न.पा., वडा नं. २ छप्कैया बस्ने अन्दाजी बर्ष १९ को राहुल कुमार तिवारीले मोटरसाईकलको एअर फिल्टर बक्समा लुकाई छिपाई अबैध रुपमा चोरी पैठारी गरि ल्याउँदै गरेको नेपाली रुपैयाँ रु.१३,००,०००।-सहित उक्त कार्यमा प्रयोग भएको मो.सा. र व्यक्ति समेत नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । साथै सोही गुल्मबाट खटिएको अर्को टोलिले वीरगञ्ज म.न.पा.-१६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको कालो/नीलो रङ्गको HERO GLAMOUR मोटरसाईकलमा सवार जिल्ला बारा, प्रसौनी गा.पा., वडा नं. २, प्रसौनी बस्ने बर्ष ४० को कौशल कुमार गुप्ताले शरीरको विभिन्न भागहरुमा लुकाई छिपाई अबैध रुपमा चोरी पैठारी गरि ल्याउँदै गरेको नेपाली रुपैयाँ रु. ५,००,०००।- सहित उक्त कार्यमा प्रयोग भएको मो.सा. र व्यक्ति समेत नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?