भरत सरार्फ
पर्सा ३० जेठ / सशस्त्र प्रहरी बल बाराले सिमा क्षेत्र
को दसगजामा अतिक्रमण गरि बनाएका घर टहराहरु
खालि गराएकाछन । विश्रामपुर गाउँ पालिकाको वडा न १ घोडासहनको सिमा क्षेत्रका दशगजामा अतिक्रमण गरि बनाएका घर टहरा हरु तीन महिना अगाडि नापनक्सा गरि खालि गरिने सुचना टाँस गरिएकोथियो ।
सो सुचनाको अटेरी गरि आफ्फै खालि नगरिएको हुनाले
आज सशस्त्र प्रहरीको टोलिले डोजर लगाएर खालि गराएकाछन । बिओपि बरैनिया , एफओबि छतवा , प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वाको संयुत्तटोलिले
दशगजा भित्र बनाएका घरटहराहरु डोजर लगाएर खालि गराएकाहुन । खालि गराउने क्रममा कुनै किसिमले वादविवाद नभएको र स्थानीयहरुले आ आफ्ना घरटहराहरु खालि गराने सशस्त्र प्रहरीलाई सहयोग गरेकाथिए । नेपाल भारत दशगजा क्षेत्रमा दुवै देशका स्थानीयहरूले निर्माण गरेका अस्थायी संरचनाहरू (Local Occupancy) हटाउने अभियान अन्तर्गत ,अन्तराष्ट्रिय सीमा सिद्वान्त अनुसार दशगजा क्षेत्र खाली हुनु पर्दछ । दशगजा क्षेत्रमा कुनै प्रकारका संरचना निर्माण गर्ने, पशुचौपाया गोठ निर्माण गर्ने वा अन्य घरेलु कामहरू समेत गर्न पाँइदैन भन्ने जनचेतना दिदै आएको सशस्त्र प्रहरीले आज स्थानीय जनप्रतिनिधिहरू समेतको उपस्थितीमा सफाई गरेको जसलाई सफल बनाउन यहाँका स्थानीयहरूले समेत साथ दिएका , सशस्त्र प्रहरी बल न१२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।
Tags:
फिचर



