भरत सरार्फ
पर्सा ३१ जेठ / सशस्त्र प्रहरी बल बाराले ठुलो सफलता हासिल गरेकाछन । सशस्त्र प्रहरी नयाव महानिरिक्षक ( डिआइजी ) कृष्ण ढकालका अवैध चोरी निकासी नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराले एउटै साइकलबाट ३९ लाख १२ हजारको अवैध समान बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज बिष्टको कमाण्ड खटिएको टोलिले बिहान अ ५:३० बजे
को समयमा विश्रामपुर गापाको वडा न ३ डम्पिङ्ग साइट
नजिकबाट भारतबाट अबैधरुपमा १ वटा साईकलको प्रयोग गरी नेपाल तर्फ आउन्दै गरेको ब्याक्तीले सशस्त्र प्रहरीको टोलिलाइ देख्न साथ साइकल छोडि फरार भएकोथियो । टोलिले साइकल र साइकलमा रहेको समानहरु नियन्त्रण लिइ उक्त समानहरु हेर्दा
Airpod Pro र टेम्पर ग्लास १६० पिस रहेको थियो । उक्त समानको ३९ लाख १२ हजार मुल्यांकन गरि आवस्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिले जानकारी दिएँ ।
Tags:
फिचर
