सशस्त्र प्रहरी बल बाराले १० लाख ३० हजार बराबरको भन्सार छलिएका अवैध समान बरामद गरे ।

पर्सा २४ जेठ / सशस्त्र प्रहरी बल बाराले भन्सार छलि ल्यान्दै गरेका अवैध समानहरु बरामद गरेकाछन ।विशेष सुचनाको अधामा भारतबाट अवैध तरिकाले चोरी पैठारी गरि भन्सार छलि जितपुर सिमरा उमनपा वडा न ७ बजार एरिमा ना ४८ प १५७० , BR05R 5370 र BR05AC7376 न को मोटरसाइकलमा समानहरु आइरहेको सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश पौडेलको कमाण्ड खटिएको टोलिले उक्त समनाहरु बरामद गरेकाहुन । तस्कर हरुले सशस्त्र प्रहरीको टोलिलाइ देख्न साथ उक्त समानहरु छोडि फरार भएकाथिए । टोलिले समानहरु बरामद गरि हेर्दा उक्त मोसा हरुमा कपडा र स्टेसनरी समानहरु थिए । टोलिले बरामद गरिएका समानहरु गण भित्र ल्याइ मोटरसाइकल समेत रु १०लाख ३० हजार मुल्यांकन गरि आवस्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिनुभयो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?