सशस्त्र प्रहरीद्वारा साढे ११ लाखको सामान भन्सार चलान

वीरगंज, १५ असार । सशस्त्र प्रहरी बल पर्साले ई–लोडरसहित ११ लाख ६६ हजार ६९० मूल्य बराबरको सामानहरू भन्सार दाखिला   गरेको जनाएको छ ।
असार १४ गते सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म बीरगंजबाट खटीएको टोलीले वी.म.न.पा.–१६ ईनर्वा स्थित सीमा नाकाबाट बोरामा प्याक गरी अवैध रूपमा नेपालबाट भारत निकासी गरी लादै गरेको अवस्थामा  ५ लाख ८ हजार मूल्य बरावरको तामाको माने र उक्त कार्यमा प्रयोग भएको ई–लोडर सहित नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी रक्सौलबाट वीरगंज आउदै गरेको मोटरसाइकलको बिभिन्न भागमा अबैध रूपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा रू. ४,६७,०००।– बरावरको मोवाईल पार्टस र उक्त कार्यमा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिई असार १५ गते आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
    त्यस्तै बिन्दवासिनी गा.पा–४ झौवा चोकबाट भारतबाट अबैध रूपमा भन्सार छलि नेपाल ल्याउँदै गरेको १ लाख ९१,६९० बराबरको मोटरसाइकल किराना सामान नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको
सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?