पब्लिक फिटनेस सेन्टरको ८ औ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न ।

पर्सा १८ जेठ /पब्लिक फिटनेस सेन्टर , वीरगञ्जको आयोजनामा आइतबार ८ औ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।Winner Never Quits And Quiter Never Wins’ भन्ने प्रेरणादायी नाराका साथ सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद श्याम पटेल प्रमुख अतिथि थिए भने कार्यक्रमको अध्यक्षता करण यादवले गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पटेलले नियमित व्यायामले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। उनले खेलकुद क्षेत्रमा केन्द्र सरकारले वीरगञ्जलाई उपेक्षा गरेको गुनासो गरे। “नेपालकै सबैभन्दा ठूलो मध्येको एक नारायणी रंगशाला बजेट अभावमा जिर्ण अवस्थामा पुगेको छ,” उनले भने, “मधेशले देशलाई राष्ट्रिय खेलाडीहरू दिएको भए पनि केन्द्र सरकारले विभेदपूर्ण व्यवहार गरेको छ।” शुभेच्छुक वक्ता नूतन सरावगीले बाहिरी शरीरजस्तै भित्री शरीरको पनि ख्याल गर्नुपर्नेमा जोड दिइन्। उनले महिलाहरूका लागि जिम उपयुक्त छैन भन्ने सोच गलत भएको बताउँदै महिलाहरूको पनि जिम क्लबमा समान पहुँच र अधिकार रहेको स्पष्ट पारिन्। त्यस्तै, कमल चौलागाईंले सरकारको दृष्टिकोण मधेश र वीरगञ्जप्रति विभेदपूर्ण रहेको बताउँदै अधिकार मागेर होइन, छिनेर लिनुपर्ने बताए। उनले भने, “पर्सामा तीनजना मन्त्री छन्, तर वीरगञ्जले के पायो भन्ने प्रश्न गर्न जरुरी छ।” साथै, उनले युवाहरूको सरोकार खेलकुद मात्र नभई विकास र निर्माणसँग पनि जोडिएको उल्लेख गरे। खेलकुद विकासका लागि आवश्यक पूर्वाधार विस्तार सरकारको प्राथमिक कार्यसूचीमा पर्नुपर्छ भन्ने धारणा राख्दै आएका मन्द्रलाल नेपालीले नारायणी रंगशालाको सन्दर्भमा पटक–पटक देखिँदै आएको बजेटीय भेदभावप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। ८ औ वार्षिक उत्सवको केक काटेर र राष्ट्रिय गित बजाएर उत्सवको सुरुवात गरेका थिए, हाल १०५ जना मेम्बरहरु रहेका सेन्टरका संचालकले बताए । सो अवसरमा सुमित मलिक, सुजित कुमार शाह, सुजित शाह, प्रमिला चौरसिया, असलम आलम, अरुण कुमार साह, र मणिन्द्रलाल नेपालीलाई खादा ओढाइ प्रमाणपत्र दिई सम्मान गरिएको थियो।कार्यक्रम क्लबको आफ्नै सभाहलमा सम्पन्न भएको हो। कार्यक्रम सञ्चालन शिवनाथ यादव र अनिश कान्त कुशवाहाले संयुक्त रूपमा गरेका थिए।कार्यक्रममा सेन्टरका शुभचिन्तक, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा क्लबका सदस्यहरूको उपस्थिति उल्लेखनीय थियो।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?