प्रेस सेन्टर मधेश प्रदेशको ऐतिहासिक बैठक ढल्केबरमा सम्पन्नभयो, प्रेस सेन्टरको आफ्नै अनलाइन मिडिया हुने ।

प्रेस सेन्टर मधेश प्रदेशको ऐतिहासिक बैठक सम्पन्नभयो,
। बैठकको सम्बोधन नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेश प्रदेशको इन्चार्ज मातृका प्रसाद यादवले प्रमुख आतिथ्य सम्बोधन गर्नुभयो । जनयुद्ध कालमा जनमुक्ति सेना र खुल्ला परिवेसमा प्रेस सेन्टर नेकपा माओवादीको लागि रहेको छ । प्रेस सेन्टरले नियमित विकृति विरुद्धमा मिसन पत्रकारिता गरिरहन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । मधेश प्रदेशमा एउटा अनलाईन दर्ता गराएर सत्यतथ्य उजागर गर्ने कार्यलाई निरन्तरता दिन इन्जार्ज यादवले सुझाव र निर्देशन दिनुभयो । उहाँले थप्नुभयो,कम्युनिष्टहरु भौतिकवादी हुनुपर्नेमा पथ छाडेर अध्यात्मवाद मा हराउनु चिन्ताको विषय हो ।' विशिष्ट अतिथिको रुपमा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष कमल गिरी उपाध्यक्षहरु विवेक गौतम लक्षमण खडका महासचिव मनोज घर्ती मगर नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राम कृष्ण अधिकारी उप महासचिव अनिल मिश्र सचिव सुनिता बराल (भूगोल) महिला सचिव अञ्जली थापाले प्रेस सेन्टर नेपालको विधान नियमित बैठक आवश्यक विभाग र जिम्मेबारी बोधको लागि अति महत्वपूर्ण प्रशिक्षणात्मक मनतव्य राख्नुभयो । मधेश प्रदेशको इन्चार्ज रहेर गोबिन्द देवकोटाले गर्नु भएको योगदानको पनि चर्चा गरियो । निवर्तमान उप महासचिव हिरालाल चौधरीले पनि अनुभव राख्नुभयो । मधेश प्रदेश समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र बितरण यसैगरी पाँचौ मधेश प्रदेशको समिति निर्वाचित गराउनुहुने निर्वाचन समितिलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । बैठकको व्यवस्थापन मधेश प्रदेश समितिको उपाध्यक्ष राम एकबाल रामले ढल्केवरमा रहेको कोमल होटेलमा व्यवस्थापन गर्नुभएको थियो । सहभागी सबैलाई गम्छा र पाग लगाएर सम्मान गरिएको थियो । बैठकबाट विभिन समितिहरु बनाउने निर्णय पारित गरियो । १ खाता सञ्चान गर्ने २ कोष स्थापना गर्ने ३ प्रति महिना दुई सय लेबी तिर्नु पर्ने ४ कार्यालय र सचिवालय गठन गर्ने ५ न्यु मिडिया समिति बनाउने ६ संगठन विभाग गठन गर्ने ७ मधेश प्रदेशको लागि अनलाइन दर्ता गर्ने ८ तीन तीन महिनाको फरकमा नियमित बैठक बस्ने ९ भर्चुअल बैठक मासिक गर्ने ९ अनुशासन समिति बनाउने लगायतका निर्णय भएको छ । बैठकको अध्यक्षता प्रदेश अध्यक्ष निरज पिठाकोठेले गर्नु भएको थियो । सञ्चालन महासचिव जीवछ यादव उदासीले गर्नु भएको थियो । कार्यक्रमको ब्यानर कोषाध्यक्ष निरञ्जन साहले व्यवस्थापन गर्नु भएको थियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?