टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ ।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको छ ।
भारतको बिहार राज्यको घोडासहन घर भई नेपालको बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी पाँच वर्षीया बालिका शीवानी गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतवार दिउँसो २.३० बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडिको सडक पार गर्ने क्रममा ना १ क ८०५६ नम्बरको टिपरले शीवानीलाई ठक्कर दिएर किचेको थियो । गम्भीर घाइते शीवानीलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनावारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?