सशस्त्र प्रहरीद्वारा अवैध सामान भन्सार दाखिला

वीरगंज, १६ जेठ । सशस्त्र प्रहरी बल पर्साले १३ लाख ८० हजार ९६० बराबरको सामान भन्सार दाखिला गरेको जनाएको छ ।
जेठ १६ गते सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि.ड्राईपोर्टबाट खटिएको टोलीले वीरगंज–२५ स्थित  चण्डालचोकबाट भारतबाट अवैध रूपमा भन्सार छलि प्रदेश २–०३ ००१ स ४२६४ नम्बरको ई–रिक्सामा लोड गरी ल्याउँदै गरेको २ लाख ७० हजार बराबरको मोटर पार्टस र रू.२ लाख बराबरको ई–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जनाएका छन् ।
यसैगरी वीरगंज–१६ नगवा गाउँ स्थित डम्पिङ्ग साईटबाट सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ४ वटा साईकलहरूमा लोड गरि वीरगंज ल्याउँदै गरेको रू.८,३६,९५०।– बराबरको मोबाईल पाट्स्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज साथै उक्त सामानहरू ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साईकल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
यसैगरि भगुवा तथा नगवा इलाकाबाट रू.७३,८००।– बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?