सशस्त्र प्रहरी बल पर्साद्वारा रु.१३,०३,६००।- बराबरको सामान भन्सार दाखिला

पर्सा १५ जेठ / विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा, प्र.सि.सु.गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले१४गते बुधबार जिल्ला पर्सा वीरगंज म.न.पा.-१० आदर्शनगर स्थित जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भित्र्याएर गोदाम गरी राखेको मूल्य रु.१३,०३,६००।- बरावरको कपडा, चिनी, मरिच र चकलेट नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुरले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?