पर्सा १६ जेठ / सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि.ड्राईपोर्टबाट खटिएको टोलिले बि.म.न.पा.-२५ स्थित चण्डालचोकबाट भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २-०३ ००१ स ४२६४ नम्बरको ई-रिक्सामा लोड गरि ल्याउँदै गरेको मुल्य रु.२,७०,०००।-बराबरको मोटर पार्टस र मुल्य रु.२,००,०००।- बराबरको ई-रिक्सा नियन्त्रणमा लिई बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।
साथै आजकै मितिमा विशेष सूचनाको आधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१६ नगुवा गाउँ बाट सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ४ वटा साईकलहरुमा लोड गरि वीरगंज तर्फ ल्याउँदै गरेको मूल्य रु.८,३६,९५०।- बराबरको मोबाईल पार्ट्स्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज साथै उक्त सामानहरु ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साईकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।
यसैगरि भगुवा तथा नगवा ईलाकाबाट रु.७३,८००।- बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
