भरत सरार्फ
पर्सा ०६ जेठ / सशस्त्र प्रहरी बल पर्साले भारी मात्रामा लागू औषध बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साबाट
सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुरसिंहको कमाण्डमा खटिएको टोलिले वीरगंज म.न.पा.-२ स्थित भगुवा नाका स्तिथ भारतबाट अवैध रुपमा २ जना व्यक्तिहरुले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको Tramol-50 mg (Tramadol Hydrochloride) ८१४९० ट्याब्लेटस् लागुऔषध प्रहरी को टोलिलाइ देख्न साथ समान छाडी निज व्यक्तिहरु भारततर्फ नै भागी गएको हुँदा उक्त लागुऔषध बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।


