सशस्त्र प्रहरी बल, पर्साको लगातार एक्सन , ८लाख बराबरको मो सा सहित अवैध सामान भन्सार दाखिला



भरत सरार्फ
पर्सा २६ चैत / सशस्त्र प्रहरी बल पर्साले तस्करहरुको बिरुद्ध मा एक्सन गरि लगातार अवैध समानहरु बरामद
गरिहरेकाछन ।सोही क्रममा  जिल्ला पर्सा, बीरगञ्ज म.न.पा., वडा नं.-१६, स्थित विभिन्न सीमा नाकाहरुबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र बहादुर शुब्बाको कमाण्ड मा खटिएको टोलीले भारतबाट अबैध रुपमा विभिन्न सार्बजनिक सवारी साधनहरुमा भन्सार छली लुकाई 


 छिपाई लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा मूल्य रु.६,६४,३४५।- बराबरको किराना, कपडा, फुटबल सुजहरु तथा ना ३७ प ६३७० नम्बरको मो.सा.लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।यसै गरी अमरपट्टी नाका,सिर्सिया नाका र ड्राईपोर्टनाका बाट गरी १,४३,४२०।-ब राबरको सामानहरु  नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बल न१३ हे क्वा पर्साका सुचाना अधिकारी  सशस्त्र प्रहरी नयाव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?