भरत सरार्फ
पर्सा २० चैत /सशस्त्र प्रहरीबल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र बहादुर सुब्बाको कमाण्ड खटिएको टोलिले अन्दाजी १७:५५ बजेको समयमा वीरगञ्ज म.न.पा.,वडा नं.-१६ स्थित भारत को रक्सौलबाट टाँगा चढेर वीरगञ्ज तर्फ आउँदै गरेको अबस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला बारा, महागढिमाई नगरपालिका, वडा नं.-१४, भौरा घर बताउने वर्ष १३ को चन्दन सहनीले बोकेको सेतो रंगको बोराको झोलामा माथिबाट आलुले छोपेर लुकाई/छिपाई ल्याउदै गरेको प्रतिबन्धित लागू औषध (CODEINE PHOSPHATE & TRIPROLIDINE HYDROCHIORIDE SYRUP) 

ONEREX COUGH SYRUP (100ml) को ५० वटा बोतल फेला परेको हुँदा निज ब्यक्ति सहित उक्त लागू औषध नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको सशस्त्र प्रहरी न १३ हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
