भरत सरार्फ
पर्सा २४ चैत / सशस्त्र प्रहरी बल पर्सा कपडा ले भएको पिकअप बरामद गरेकाछन ।भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याई भित्र्याईएका कपडाहरु बीरगञ्ज महानगरपालिका-१६ स्थित भुटनदेवी मन्दिर नजिकबाट बा.प्र.०१-०२७ च ८५०३ नम्बरको सेतो रंगको TATA YODHA SINGLE 

CAB पिकअप गाडिमा लोड गरी जीतपुर-सिमरा तर्फ लैजान लागेको बिशेष सुचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलिले सोही स्थानबाटै गाडिलाई पिछा गर्दै जाँदा जिल्ला बारा जितपुर सिमरा
उपमहानगरपालिका 

वडा-२३ भलुवाही गाउँमा गाडीलाई बेवारिसे अवस्थामा साघुरो गल्लिमा छाडी गाडी चालक भागी गएको अवस्थामा उक्त कपडा सहितको गाडीलाई नियन्त्रणमा लिई मूल्य रु. १०,०७,९००।- बरावरको २० बोरा (सर्टिङ्ग सुटिङ्ग, सारी र कुर्तासुरवाल) कपडाहरु र पिकअप गाडीको भन्सार दाखिला मूल्य रु.२५,००,०००
।- गरी जम्मा मूल्य रु.३५,०७,९००।-को गाडी र कपडाहरुको मुल्यांकन गरि आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
