जिल्ला प्रहरी कार्यालय बाराको जिम्मेवारी सहमालेका प्रहरी उपरीक्षक संतोष तामाङको युनिटहरुले विभिन्न किसिमका अपराधी गतिविधि, तस्कर , लागुऔषधको ओसारपसारका संजाल तोडदै युनिटहरु एक्टिभ ।

भरत सरार्फ
पर्सा १७ बैशाख / जिल्ला प्रहरी कार्यालय बाराको जिम्मेवारी सहमालेका प्रहरी उपरीक्षक संतोष तामाङको युनिटहरुले विभिन्न किसिमका अपराधी गतिविधि, तस्कर , लागुऔषधको ओसारपसारका संजाल तोडदै आइरहेकोछ । उपरीक्षक तामाङको कडा एक्सनले जिल्ला भरिका युनिटहरुको कार्य सैलिमा परिवर्तन देखिएकोछ । सोही क्रममा सबै भन्दा बढी एक्सनमा इलाका प्रहरी कार्यालय अमलेखगंजका बरिस्ठ सइ टेक बहादुर कार्कीको रहेको देखिन्छ । ६ महिनाको अवधिभित्र उनले बढिजसो लागुऔषधका कारोबारीहरु संजाल तोडन सफल भएकाछन । कार्की ले ६० केजि चाँदी, लागुऔषध चरेस , गाजा , अफिम , ब्राउनसुगर लागाएत सोमा प्रयोग गरिएका ठुला र साना कैयौं सवारीसाधन र ब्याक्ती लाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको जिल्ला कार्यालय प्रहरी को मेलबाट आउने प्रेस बिज्ञयप्ती बाट देखिन्छ , त्यस्तै प्रहरी चौकी पथलैया , इलाका प्रहरी कार्यालय सिमरा, मुसहर्वा , छतवा , मटिहर्वा लगाएतका सम्पुर्ण जिल्ला भरिको युनिटहरुले आ- आफ्ना इलाकाहरुमा जिम्मेवारी पुर्वक कार्य गरिरहेको देखिन्छ । आफु ठिक भएपछि सबै ठिक हुन्छ , उपरीक्षक तामाङको धारण अनुसार युनिटहरु एक्सनमा उत्रिएका छन सोही क्रममा मंगलबार विशेष सूचनाको आधारमा दिउँसो अं १५:३१ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको BR05BA4817 नम्बरको भारतीय कारलाई रोकी चेक जाँच गर्दा उक्त कार पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई लगि रहेको निम्न वमोजिमको प्रतिबन्धित लागु औषध Tramadol Hydrochloride Capsules २९६५ पत्ता (प्रत्येक पत्तामा १० वटाको दरले हुन आउने २९६५० ट्याबलेट समेत चालक देश भारत, जिल्ला मोतिहारी, ग्राम अरेराज मलाही ११ मल्लाही बस्ने अं.बर्ष २३ को नितिश कुमार ठाकुर गाडीमा सवार जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१६ बस्ने बर्ष २६ को सिद्वान्त प्रसाद पटेल समेत कार नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?