टिपर र कार ठोक्किँदा बारामा दुई जनाको मृत्यु

बारा, ०५ वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा  टिपर र कार ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैया जाँदै गरेको प्र२–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको बा. ०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्ई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया बस्ने वर्ष ४६ को नारायण हरी शर्मा र अर्का एक जना कार चालक रहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक फरार रहेको र खोजी कार्य भइरहेको छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?