ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख ।
सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ ।
पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँसघारीमा लुकाएर राखिएको अवस्थामा २४ किलो ५०० ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले बताए ।
प्रहरी बेस क्याम्प पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बेवारिसे अवस्थामा राखिएको दुर्ईवटा ग्यालेनभित्र प्लास्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद भएपछि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रनाउ सिंहले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?