सशस्त्र प्रहरी बल पर्साद्वारा मुल्य रु. ५८,६६,९२७।- बराबरको हिरा तथा सुनको गरगहना बरामद गरि भन्सार दाखिलाः



पर्सा २६ फागुण / प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको टोलीले२४ गते जिल्ला पर्सा बिरगञ्ज महानगरपालिका-१६ भन्सार मेनगेटबाट भारतबाट नेपालतर्फ आउदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा सुन तथा हिराको जस्तो देखिने गरगहना बरामद गरि परिक्षणको लागि सुनचाँदि व्यबसायि संघ पर्सामा पठाई परिक्षण गराउदा उक्त बस्तु सुन तथा हिरा प्रमाणित भएको र उक्त बस्तुको आज बजार मुल्य अनुसार (७०.३७ CT प्रमाणित भएको (Dimond) हिराको मुल्य रु.३६,१५,०८७।-) र (२४६.७३ ग्राम (Gold) सुनको मुल्य रु. २२,५१,८४०।-) गरि जम्मा मुल्य रु ५८,६६,९२७।- मा विरगंज भन्सार कार्यालय पर्सामा बुझाइको सशस्त्र प्रहरी बल न १३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धाामिले जानकारी दिए ।

बरामद गरगहनाहरुको विवरण

निम्न:-

१. बाला -१० पिस ब्रासलेट -१ पिस. फेन्सी ब्रासलेट -९ पिस औठी -४ पिस मंगलसुत्र -४ पिसविभिन्न किसिमका गहना -११ पिसलकेट -४ पिस झुम्का -१३ पिस टप -६ जोर

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?