६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद

वीरगंज,  १२ चैत । सशस्त्र प्रहरी बल, पर्साले ६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद गरेको छ ।

चैत ११ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ बिश्रामपुरको  ढङ्गही खोलाको छेउमा लुकाएर राखिएको ६ पोकामा रहेको ६४ के.जी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको गाँजा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?