हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको छ ।
वडा प्रहरी कार्यालय विर्ताले माघ  १५ गते ४ः३० बजेको समयमा वीरगंज महानगरपालिका–१० आदर्शनगर हुँदै भारतीय नम्बरको मोटरसाईकलमा सवार भारत, बिहार रक्सौल–१४ बस्ने वर्ष २७ को ओम कुमार रौनियारलाई छ लाख रकमसहित पक्राउ गरेको छ ।
चामलको बोरामा रौनियारले लुकाइछिपाई राखेको नेरू. ६ लाख भेटिएपछि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानपछि आज पर्सा जिल्ला अदालतमा थुनछेकसम्बन्धी बहसमा पुर्पक्षको लागि थुनामा राखिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । अदालतको आदेश अनुसार ओम कुमार रौनियारलाई मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?