मानवसेवा आश्रमलाई वाशिङ मेशिन सहयोग सहयोग

वीरगंज, २५ पुस । नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई वाशिङ मेशिन र ३० थान कम्बल प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिहीवार मानवसेवा आश्रमलाई एक थान वाशिङ मेसिन र कम्बल ३० थान सहयोग गरेका हुन् । कार्यक्रममा नेपाल आयल निगम वीरगंज शाखाका प्रमुख रमेश ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी निरीक्षक दिपेन्द्र मल्ल, वीरगंजका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम मानवसेवा आश्रमका अभिभावक प्रकाश थारू, उद्योग बाणिज्य संघ वीरगंजका पूर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति गणेश लाठ, मानवसेवा आश्रम वीरगंजका प्रमुख मुना पुलामी, वीरगंजका संस्थापक अध्यक्ष देवेश गुप्तालगायतको सहभागिता थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?