सशस्त्र प्रहरी बल, पर्साद्वारा रु. ८,३०,१८५।- बराबरको श्रोत नखुलेको नगद,ब्यक्ति तथा सवारी साधन भन्सार दाखिलाः



भरत सरार्फ 
पर्सा ०६ माघ / सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्साको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट मिति २०८१।१०।०६ गते १५:३० बजेको समयमा जि.पर्सा बी.म.न.पा -१६, भन्सार मेनगेटमा  चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको बा ४१ प ८४९३ नम्बरको मो.सा.मा सवार देश भारत जि.पुर्बी चम्पारण पंन्टोका ग्राम पंचायत वडा नं.-१ भलुवाहा बस्ने वर्ष ३८ को विशेश्वर यादवले लुकाई छिपाई ल्याईरहेको श्रोत नखुलेको नेपाली रुपैया ६,०५,१८५।-, बा ४१ प ८४९३ नम्बरको HERO HONDA GLAMOUR मो.सा.को मूल्य रु.२,००,०००।- र REALME MOBILE  थान-१ मुल्य रु.२५,०००।-सहित जम्मा मुल्य रु.८,३०,१८५।- बराबरको नियन्त्रमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाईएको  सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा पर्साका सुचना अधीकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धाामीले बताए  ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?