भरत सरार्फ
पर्सा २१ पुस / सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साले जिल्लाको धोबिनि गाउपालिका-२ भिखमपुर स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर पर्साको परिसर भित्र ८ दिने कपाल काट्ने तालिम संचालन गरेको छ । Border Area Development Program (BADP) र Quick Impact Project (QIP) जस्ता अतिनै लोकपृय कार्यक्रमहरु सशस्त्र प्रहरी 

बलले अन्तराष्ट्रिय सीमाना जोडिएका वडाका विपन्न नागरिकहरुलाई लक्षित गरि विगत देखिनै देशव्यापि रुपमा संचालन गर्दै आईरहेको छ । Border Area Development Program अन्तर्गत नै भिखमपुरमा कपाल काट्ने तालिम संचालन गरिएको हो । यस तालिममा सशस्त्र प्रहरी बलका तालिम प्राप्त केश कर्तक प्रशिक्षकहरु बाट सीमा ईलाकाका २० जना ईच्छुक युवाहरु
लाई निःशुल्क रुपमा तालिम प्रदान गरिने छ । उक्त कार्यक्रममा धोबिनी गाँउपालिका प्रमुख मदन प्रसाद चौहान, सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति स.प्र.उ. राधेश्याम धिमाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपति तथा वि.ओ.पि पतिहरु र धोबिनी गाँउपालिका वडा नं.१ र २ का वडा अध्यक्ष, स्थानिय भद्रभलादमी तथा 

प्रशिक्षार्थिहरु लगायत ५०/६० जनाको उपस्थिति रहेको थियो । सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सीमाबासीसंग सशस्त्र प्रहरीले सुमधुर सम्बन्ध स्थापना तथा सीमा ईलाकाका नागरिकहरु संगको सहकार्य तथा सीमा ईलाकाको विकाशका कार्यमा सहभागिता स्वरुप यस्ता कार्यक्रमहरु गर्दै आएको र भविष्यमा समेत यस्ता कार्यहरुको निरन्तरता दिईने सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामिले बताए ।
