बाराको इटियाहीमा हुन गइरहेको महायज्ञको सम्पुर्ण तैयारी अन्तिम चरणमा , १९ गते शोभा यात्रा २३ गते कलश यात्रा, पत्रकार सम्मेलन मार्फत जानकारी ।



भरत सरार्फ
पर्सा १८ माघ / बारा विश्रामपुर गाउँपालिका का वडा न ५ इटियाहीमा हुन लागेको श्री श्री १००८ श्री महाशिवरात्रि
महामहोत्सव महायज्ञको मुल कमिटीले यज्ञ स्थलमा पत्रकार सम्मेलन गरि महाज्यज्ञको बारेमा जानकारी दिएकाछन । महायज्ञको सम्पुर्ण तैयारी अन्तिम चरणमा पुगिसकेकोछ ।महायज्ञमा रामायण , महाभारत , कृष्ण लिला सम्बन्धित १००८ प्रकार देवि देवताहरुको मूर्तिकला रहनेछ । साथै मनोरञ्जनका लागि विभिन्न किसिमका खेल तमाशा लगाएत रामलिला, कृष्ण लिला , 


विभिन्न संतगुरुहरुबाट कथावाचन रहने मुलकमिटीले पत्रकार सम्मेलनमा बताए । महायज्ञको  अनुमानित खर्च ९० लाख हुनेछ । हाल सम्म विभिन्न सहयोगि दाताहरुबाट५० लाख सम्म आउने अनुमान रहेको  मुलकमिटिले जानकारी दिए । पहिलो यो महायज्ञ २०६५ सालमा हमिले सम्पन्न गरिसकेकाछौ । यो महायज्ञ १६ बर्ष पछि दोस्रो पटक गरिरहेकाछौ मुल कमिटिले भने । संचारकर्मिको जिज्ञासा मा पहिलो २०६५ सालको सस्थापक को थियो , मुल कमिटिले आधााअधुुरो कुारा बताए , बाहिरको तीन थियो भनेर पन्छिन खोजेको थियो । तर स्थानीयको भनाइ अनुसार , जब देशमा धर्म निरपेक्ष गरियो ठाउँ ठाउँमा  धर्म निरपेक्ष को बिरोध भइरहेको बेला सनातनधर्म प्रती आस्था 


 राखने नेपाल हिन्दु राष्ट्र को चेेतना जगाउने उदेश्य ६ जनाको टिमले यहि सिंघाइ खोलाको छेउ महायज्ञ को स्थापना गरेकाथियो । स्थानीय भरत सरार्फ को अध्यक्षतामा श्री श्री १००८ महायज्ञ २०६५ नाम करण गरि  जिल्ला प्रशासनहरुबाट अनुमति लिइ महायज्ञको कार्य शुभाआरम्भ गरियो , ४०%  काम सकिसकेपछि केही ले महायज्ञलाइ बिथोन खोज्ने धर्मनिरपेक्ष वादीको चलखेल देखेर गाउँ कै बुद्धिजीवी युवाहरुलाइ समावेश गरि शंंकर प्रसाद यादवको अध्यक्षता मुल कमिटी गठन गरि महायज्ञलाई सफल गरेका थियौ । हाल पनि शंंकर प्रसाद्को अध्यक्षता हुनलागेको यो महायज्ञलाइ आर्थिक सहयोग गरि सफल पार्न मुल कमिटीले आग्रह गरेकाछन । साथै १९ गते सनिबार सोभायात्रा र २३ गते कलश यात्रामा सहभागी हुन मुल कमिटिले आग्रह गरेकाछन ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?