भरत सरार्फ
पर्सा ०९ माघ / सशस्त्र प्रहरी बलले आज १२:१५ बजेको समयबाट नेपालतर्फ जिल्ला पर्सा बि.म.न.पा.-१६ ईनरुवा र भारततर्फ जिल्ला पूर्वी चम्पारण पन्टोका ग्रामपंचायत -४ सुन्दरपुर स्थित रहेको सानो सिमा स्तम्भ नम्बर ३९१/६ नेपालतर्फबाट, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ज्यूको प्रमुख उपस्थितिमा स.प्र.बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साका गणपति स.प्र.उ. राधेश्याम धिमाल ,राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख उप- अनु.नि. दिलिप कुमार सिँह, नापि विभागको प्रतिनिधि कपिल कटुवाल, जि.प्र.का.पर्साबाट प्र.ना.उ.सुवास भट्ट ल

गायत प्र.सि.सु.गुल्म बिरगंजबाट स.प्र.ना.उ. लोकेन्द्र सुब्वाको समेत उपस्थितिमा सीमा स्तम्भ मर्मत तथा रंगरोगन कार्य शुरु भएको ।उक्त मर्मत कार्यमा भारतिय समकक्षीको तर्फबाट 47 BATTALION HEADQUARTERS PANTOKA E Company बाट AC. UTTAM KUMAR GHOSH को कमाण्डमा ४ जनाको समेत सहभागिता रहेको ।सन् 2014 पस्चात निर्माण गरिएका बिजोर नम्वरका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपालले रंगरोगन तथा मर्मत सम्भार गर्दे आएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारि सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ा
